4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबमाथि सहज जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

जावलाखेललाई २–० ले पराजित गर्दै शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा रहेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो ।
मनिष डाँगीको कटब्याक पासमा अभिषेक रिजालले दिएको क्रसलाई सिमन्तले आफ्नै पोस्टको दिशा दिएका थिए । १९औं मिनेटमा ओनगुना निकेंगे जुनियरको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए ।
२१औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा सिधै गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । नुर्लान नोभ्रुजोभलाई लोइस जिमी कोउहाहिमले फउल गरेपछि प्राप्त फ्रिकिकमा रन्जितले सिधै गोल गरेका थिए । ३४औं मिनेटमा लोइस जिमी कोउहाहिमको प्रहार दोस्रोबार नजिकैबाट थोरै बाहिरिदा जावलाखेल अग्रता कम गर्नबाट चुक्यो ।

५९औं मिनेटमा विशाल राईको कर्नरलाई ओनगुना निकंगेले क्लियर गर्दै जावलाखेलको संकट टारे । लगत्तै रन्जित धिमालको कर्नरलाई मनिष डाँगलीले सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए ।
७७औं मिनेटमा कप्तान सुजल श्रेष्ठले वान भर्सेस वानको अवस्थामा मौका पाएपनि प्रहार गर्न ढला गर्दा उनको प्रहारलाई सिमन्त थापाले ब्लक गर्दै बचाए । दोस्रो हाफमा जावलाखेलले सुढृड खेल पस्केपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । मच्छिन्द्रले भने दोस्रो हाफमा खासै आक्रमण बुन्न सकेन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]