4 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक लिगमा लगातार तेस्रो हारपछि जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले गोलरक्षक टिकेन्द्र थापाको प्रदर्शनमा निराशा व्यक्त गरेका छन् ।

‘आज हामीले दुवै गोल गोलरक्षकको गल्तिमा खाएका छौं’, साविक विजेता मछिन्द्र फुटबल क्लबसँग बुधबार २–० को हारपछि केसीले भने, ‘ धैर्यता राखेर खेलेको भए गोल खानुपर्ने थिएन । एक अंक लिने लक्ष्यका साथ आएका थियौं । तर गोलरक्षकको गल्तिमा सोचे जस्तो नतिजा भएन ।’
केसीले आउने दिनमा टोलीका नयाँ गोलरक्षकलाई मौका दिन सक्ने संकेत गरे । ‘नयाँ गोलरक्षक छन्, तर खेलको अनुभव खासै नभएर नै जोखिम नलिएको हुँ । अब अर्को खेलमा दुई नयाँ मध्य एकलाई अवसर दिनेबारे सोच्नुपर्ने छ’, उनले थपे, ‘अब आउने खेलमा रिस्क लिन्छु पनि होला ।’

राष्ट्रिय टोलीमा रहेका मिडफिल्डर सुरज ज्यू ठकूरीलाई सुरुवात नगराएको भन्ने प्रश्नमा सुरजले दर्शकलाई खुसी पार्ने खेल खेलेपनि प्रशिक्षकलाई खुसी पार्ने खेल खेल्न नसकेको बताए । ‘उ राम्रो खेल्छ । तर तपाईहरुलाई खुसी पार्ने होइन प्रशिक्षकलाई खुसी पार्ने खेल्नुपर्छ,’ उनले भने,‘आज पनि गल्ति गरिसकेको थियो । जितेको बेला र हारेको बेला खेल्ने शैली फरक हुनुपर्छ । यस्तो प्रदर्शनले माथि जान गाह्रो हुन्छ । उसलाई नै पनि राष्ट्रिय टोलीमा रहन यस्तो खेलले सम्भव हुँदैन । ’
लगातारको हारले टोलीमाथि दबाब परेको स्वीकार गर्दै केसीले भने,‘ राम्रो राम्रो टिमसँग हारेका छौं । अबको खेलमा राम्रो हुन्छ होला । आउने दिनमा गोल पनि निस्केला,’ खेलाडीबारे कमै बोल्ने केसीले थपे, ‘खेलाडीबारे कुरा कति लुकाएर राख्ने जस्तो भयो । सत्य कुरा त भन्नुपर्यो । खेलाडीले पनि सोच्नु पर्यो । उनको गल्ती भएकोले भनेको हो । कति माया गर्ने ? कोच , खेलाडी भनेको प्रदर्शनका आधारमा हायर एन्ड फायर नै हुन्छ ।’

जावलाखेलले सुरुवाती दुई खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबसँग समान १–० ले गुमाएको थियो । दुवै खेलमा भएका गोलमा गोलरक्षककै गल्ति समेत देखिएको थियो ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सुरुमै गोल निस्केकोले जित्न सहज भएको बताए । उनले उपाधि रक्षाकै लागि बलयो टोली बनाएको उल्लेख गर्दै भने, ‘लिगमा कुनै पनि टोलीसँग खेल्न सहज भने नहुने बताएका छन् । सबै टोली राम्रो छ । प्रतिस्पर्धात्मक खेल भइरहेको छ । तथापी हामी उपाधि रक्षाका लागि खेलिरहेका छौं ।’ ३ खेलमा ७ अंकका साथ मछिन्द्र दोस्रो स्थानमा उक्लेको छ । शीर्ष टोली सातदोबाटो र तेस्रो टोली मनाङको पनि समान ७ अंक छ ।
कटुवालले जावलाखेल बलियो टोली रहेको उल्लेख गर्दै भने, ‘मनाङ, पुलिससँगको खेल पनि हेरेको थिएँ । जावलाखेल बलियो टोली हो । २–० ले हराउँदा खुसी छु । ७ अंक पुगेको छ । यसले खेलाडीको मनोबल पनि उच्च हुन्छ ।’

जावलाखेलविरुद्ध टोलीका महत्त्वपूर्ण खेलाडी आन्द्रेस निया नहुँदा टोलीलाई गाह्रो भएको जनाउँदै कटुवालले थपे, ‘नियाको भूमिका रक्षात्मक मिडफिल्डमा राम्रो थियो । अभियान (प्रधान) भाईले पनि राम्रो खेल्यो । गोल सुरुमै निस्कियो त्यसले गर्दा सजिलो भयो । दोस्रो हाफ दबाब खायौं । खेलाडी चेन्ज गरेपछि मौका पाएको हो तर थप गोल निस्केन । नियाको अभाव खड्केको हो ।’
मनीष डाँगीलाई पहिलो पटक पहिलो रोजाईमा राखेका कटुवालले उनी तीब्र गतिको खेलाडी भएपनि अझै खेलमा परिपक्कवता आइनसकेको बताए । ‘अघिल्ला दुई खेलमा पछि छिराउँदा त्यति राम्रो थिएन । आज राम्रो खेल्यो’, उनले भने, ‘विशालले स्पेसमा बल दिएर उनको गति प्रयोग गर्ने योजना थियो । तर अझै परिपक्कवता छैन । पक्कै आझै राम्रो भएर आउँछ ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]