4 years ago
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको समाप्तीमा पुग्दा शीर्षताको दौड रोमान्चक बन्दै गएको छ । १० चरणका खेल अझै बाँकी भएकोले अहिले नै उपाधिका बारेमा आंकलन गर्न हतारो हुनेछ ।

समान ७ अंकका साथ सातदोबाटो युथ क्लब शीर्षस्थानमा, साविक विजेता मच्छिन्द्र फुटबल क्लब दोस्रो र मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ । तेस्रो चरणमा सातदोबाटो र मछिन्द्रले जित निकाल्दा मनाङ भने संकटासँग २–२ को बराबरीमा रोकिएको थियो । यससँगै लिगमा सबै टोलीले अंक गुमाएका छन् ।
शीर्ष ३ टोलीको जस्तै चौथो देखि छैटौं स्थानमा रहेका संकटा, पुलिस र आर्मीको समान ५ अंक छ । त्यस्तै सातौं स्थानको थ्री स्टार क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबको समान ४-४ अंक छ । त्यसपछि रहेको फ्रेन्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लबको समान २ अंक छ । १४ टोलीबीचको लिगको प्रतिस्पर्धामा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबले अहिले सम्म खाता खोल्न सकेका छैनन् । जावलाखेलले गोल समेत गर्न नसकेको अवस्था छ ।

तेस्रो चरणमा ३ खेलमा जित हारको नतिजा निस्कदा बाँकी ४ खेल भने बराबरीमा टुंगियो । शीर्षस्थानमा उक्लने अवसरबाट मनाङ चुक्यो । संकटासँग २–२ को बराबरीमा रोकियो । सातदोबाटोले एपिएफलाई ४–१ ले हराउँदा आर्मीले बिबिसीलाई १–० र मछिन्द्रले जावलाखेललाई २–० ले पराजित गर्यो । फ्रेन्ड्स र थ्री स्टारले, च्यासल र एनआरटी तथा शेर्पा र पुलिसले समान १–१ को बराबरी खेले ।
हरेक चरणमा ७ खेल हुन्छन् । ती तीन मध्ये तेस्रो चरणमा सर्वाधिक १८ गोल भएको थियो । पहिलो चरणमा १६ गोल हुँदा दोस्रो चरणमा भने ७ गोलमात्र सम्भव भएको थियो । २१ खेलमा अहिले सम्म ४१ गोल भएका छन् । जसमा १२ खेलमा हार जित, ९ खेल बराबरी भएका छन् । ९ बराबरीमा पनि ३ खेल गोलरहित र ६ खेल भने गोलसहितका बराबरी छन् । ३४ खेलाडीले गोल गर्दा सातदोबाटोका अजायी मार्टिन्सले ह्याट्रिक पूरा गरेका थिए ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८
पहिलो राउन्ड – १६ गोल
१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)
२. शेर्पाविरुद्ध संकटा (१–१)
३. च्यासलविरुद्ध थ्री स्टार (०–३)
४. बीबीसीविरुद्ध एपीएफ (३–२)
५. जावलाखेलविरुद्ध मनाङ (०–१)
६. आर्मीविरुद्ध पुलिस (१–१)
७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१)
दोस्रो राउन्ड – ७ गोल
८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)
९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)
१०. च्यासलविरुद्ध एपीएफ (१–०)
११. शेर्पाविरुद्ध मनाङ (०–१)
१२. जावलाखेलविरुद्ध पुलिस (०–१)
१३. बीबीसीविरुद्ध एनआरटी (०–०)
१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०)
तेस्रो राउन्ड – १८ गोल
१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१)
१६. सातदोबाटोविरुद्ध एपीएफ (४–१)
१७. संकटाविरुद्ध मनाङ (२–२)
१८. च्यासलविरुद्ध एनआरटी (१–१)
१९. बीबीसीविरुद्ध आर्मी (०–१)
२०. शेर्पाविरुद्ध पुलिस (१–१)
२१.जावलाखेलविरुद्ध मच्छिन्द्र (०–२)
चौथो राउन्ड
२२. मनाङविरुद्ध फ्रेन्ड्स
२३. च्यासलविरुद्ध आर्मी
२४. सातदोबाटोविरुद्ध एनआरटी
२५. शेर्पाविरुद्ध मच्छिन्द्र
२६. थ्री स्टारविरुद्ध एपीएफ
२७. जावलाखेलविरुद्ध बीसीसी
जम्मा खेलः २१
जम्मा गोल – ४१
जित – १२ जितको नतिजा
बराबरी – ९ बराबरी
गोलरहित – ३ खेल
गोलसहित – ६ खेल
३४ खेलाडीको गोल
ह्याट्रिक – १ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध]
आत्मघाती गोल – २ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमान्त थापा (जावलाखेल) मच्छिन्द्रविरुद्ध]
पहिलो हाफमा गोल – १५ गोल
दोस्रो हाफमा गोल – २६ गोल
पहेंलो कार्डः ६४ [नविन श्रेष्ठ (मच्छिन्द्र–अफिसियल) पँहेलो कार्ड, युगल किशोर राई (हिमालयन शेर्पा – प्रशिक्षक) पँहेलो कार्ड]
रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)]
पेनाल्टीमा गोल – ०
पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]
सर्वाधिक गोलकर्ता
१. अजायी मार्टिन्स – ३+
२. दिनेश राई – २+
३. सुनिल बल – २+
४. निरज बस्नेत – १+१+
५. रुमेश बर्ताैला – १+१+
६. सुमन लामा – १+१+
गोलकर्ता
३ गोल : अजायी मार्टिन्स
२ गोल : दिनेश राई, सुनिल बल, सुमन लामा, निरज बस्नेत, रमेश बर्तौला,
१ गोल : लक्ष्मण रुचाल, त्रिदेव गुरुङ, निशान खड्का, राफयल रिमगागो, अनन्त तामाङ, आशिष लामा, विकी तामाङ, सुरज गुरुङ, दिनेश राजवंशी, सन्तोष हेमरुन, विवेक बस्नेत, एरिक विष्ट, सुदिप गुरुङ, प्रकाश बुढाथोकी, फोडे फोफाना, ओलावाले अफिज, नाथानिल जुडे गार्सिया, मिक्चेन तामाङ, सुशिल राई, दयानन्द सिंह, उत्तम राई, फ्रान्कलिन कोटे टाला, दिपेश घले, भरत खवास, विश्वास श्रेष्ठ, र रन्जित धिमाल
अंक तालिका

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]