default_image

4 years ago

December 9, 2021

सातौं चरणमा अघि रहने टोलीले एएफसी कप खेल्ने

236 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ क्लब मध्ये अंकतालिकाको सबैभन्दा माथि रहने टोलीले एफसी कपको छनोट चरण खेल्ने भएको छ ।

दशरथ रंगशालामा जारी लिग खेलिरहेका १४ क्लब मध्ये साविक विजेता मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले मात्र एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् । एएफसी लाइसेन्स प्राप्त गरेका यी ४ क्लबले मात्र नेपालबाट एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता खेल्न पाउनेछन् ।

लिगमा तीन चरणको खेल समाप्त भइसकेको छ । अब थप ४ चरणको खेलपछि माथिल्लो स्थानमा रहने ४ मध्येको एक टोलीले एएफसी कप खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘एएफसीको समय सिमा त मंसिर १८ गते सम्म सहभागी क्लबको नाम पठाउनु पर्ने भन्ने थियो । हामीले अनुरोध गरेर केहि समय माग गरेका छौं,’ उनले भने, ‘पुसको २२ गते सम्म हामीले सहभागी क्लबको नाम पठाउने समय मागेका छौं । पुस १९ गते सम्म सातौं चरणको खेल सकिन्छ । सात चरण सकिँदा ४ क्लबमध्ये अंक तालिकाको माथी रहने टोली नै नाम एएफसी कपको छनोटका लागि पठाउने छौं ।’

बुधबार लिगको तेस्रो चरणको समाप्तीमा अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र र तेस्रो स्थानको मनाङको समान ७ अंक छ । आर्मी ५ अंकका साथ छैटौं स्थानमा छ भने अंकविहिन एपिएफ पुछारमा छ ।

गत सिजन मछिन्द्रसँग क्लब लाइसेन्स नभएकै कारण दोस्रो स्थानको आर्मीले एफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । त्यति बेला आर्मीसँग मात्रै क्लब लाइसेन्स थियो । यो वर्ष थप तीन क्लबले मापदण्ड पूरा गर्दै लाइसेन्स प्राप्त गरेपछि क्लब संख्या ४ पुगेको हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.