default_image

4 years ago

December 9, 2021

मनाङका ३ खेल पोखरामा हुने पक्का !

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतका ३ क्लबलाई पोखरा रंगशालामा खेल्न सहमत गराएको छ ।

मनाङले पाँचौं, सातौं र आठौं चरणको खेल पोखरामा खेलाउन सम्बन्धित क्लबहरुलाई सहमत गराएको श्रोतले जानकारी दियो । यद्दपी अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले त्यसको आधिकारिक पुष्टी भने गर्न बाँकी रहेको छ ।

मनाङको प्रस्ताव मान्ने पोखरा जान तयार हुने क्लबमा नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) रहेका छन् । मनाङले पुलिससँग पाँचौं, च्यासलसँग सातौं र बिबिसीसँग आठौं चरणको खेल खेल्दैछ । तेस्रो चरणको समाप्तीमा मनाङ ७ अंकसहित तेस्रो स्थानमा छ । ५ अंक जोडेको पुलिस पाँचौं, ४ अंकका साथ बिबिसी आठौं र च्यासल नवौं स्थानमा छ ।

पोखरामा हुने खेलको रेफ्री र अर्को क्लबको सबै खर्च मनाङले नै बेहोर्ने बताइएको छ । टिकट विक्रीबाट संकलन रकम भने मनाङको हुनेछ । मनाङले पोखरा रंगशालालाई होम ग्राउन्डका रुपमा प्रयोग गर्दैछ । क्लबहरुबीच लिखित रुपमा आपसी सहमति भएको खण्डमा पोखरा रंगशालामा लिगका खेल गराउन सक्ने एन्फाले अनुमति दिएपछि मनाङले प्रयास थालेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.