default_image

2 years ago

December 9, 2021

रियलले चेल्सी वा पिएसजीसँग खेल्ने सम्भावना

63 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी वा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नुपर्ने सम्भावना बढेको छ ।

गत सिजन मात्र सेमिफाइनलमा भिडेका चेल्सी र रियल म्याड्रिडले यसपटक राउन्ड अफ १६ मै भिड्नुपर्ने सम्भावना रहेको छ । रियल समूह विजेताको रुपमा अघि बढेपनि चेल्सी युभेन्टसभन्दा पछि रहेर अर्को चरणमा पुगेको थियो । समूह उपविजेताको रुपमा पिएसजी पनि रियलको सम्भावित प्रतिद्वन्द्वी बन्न सक्छ ।

च्याम्पियन्स लिग समूह चरण अन्तर्गत इटालियन क्लब एटलान्टा र स्पेनको भिल्लारियलको खेल अझै बाँकी छ । उक्त खेलको नतिजाले पनि रियलको सम्भावित प्रतिद्वन्द्वी को हुन्छ भन्नेमा केहि असर पर्नेछ छ । भिल्लारियल छनोट भएको अवस्थामा रियलले चेल्सी वा पिएसजीसँग खेल्नुपर्ने सम्भावना बढी हुन्छ ।

समग्रमा रियलले अन्तिम १६ मा पिएसजी, चेल्सी, बेन्फिका, साल्जबर्ग वा स्पोर्टिङ लिस्बन मध्य एकसँग खेल्नुपर्ने देखिन्छ । इन्टर मिलानसँग समूह चरणमा खेलेको कारण रियलले इटालियन च्याम्पियनसँग यसै चरणमा खेल्नु पर्दैन । त्यस्तै समूह उपविजेताको रुपमा अघि बढेको एटलेटिको म्याड्रिड पनि रियलसँग पर्ने छैन । एटलान्टा अघि बढेको अवस्थामा रियल सम्भावित प्रतिद्वन्द्वी रहनेछ ।

अन्तिम १६ को ड्र सोमबार हुनेछ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.