default_image

4 years ago

December 10, 2021

ओलावालेको गोलमा मनाङको अग्रता

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

ओलावाले ओलाडिपो अफिजको गोलमा मनाङले पहिलो हाफमा १–० को अग्रता लिएको हो । उनले ४१औं मिनेटमा दिनेश राजवंशी हुँदै पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको आठौं मिनेटमा फ्रेन्ड्सले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । पुजन उपरकोटीको ब्याक पासलाई मनाङका गोलरक्षक विशाल सुनारले समातेपछि पाएको इनडाइरेक्ट फ्रिकिकमा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले ब्लक गदै मनाङको संकट टारे ।

२१औं मिनेटमा एडेलाजा सोमिडेको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिएपछि मनाङ अग्रता लिनबाट चुक्यो ।३९औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको सिक्स यार्डको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दै बचाउँदा मनाङले खेलमा अग्रता लिन सकेन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.