default_image

4 years ago

December 10, 2021

जर्जप्रिन्स र जगजितको गोलमा आर्मीको जित

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठको गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

आर्मीले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १९औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । सन्तोष तामाङले मिलाइदिएको पासमा टंक बस्नेतले गरेको क्रसलाई हेडमार्फत जाली चुमाएका हुन् ।

३५औं मिनेटमा सेसेहाङ आङ्देम्वेको पेनाल्टी बक्सबाहिरको प्रहार च्यासलका गोलरक्षक अर्पण कार्कीले सहजै बचाए । ३६औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । गोलरक्षक अर्पण कार्कीले हतारिएर रिलिज गरेको बललाई गौतम श्रेष्ठले नियन्त्रणमा लिदै दिएको क्रसलाई अनमार्क रहेका जगजितले वान टचमा सुन्दर गोल गर्न सफल भएका थिए ।

जगजित आर्मीका चौथो खेल खेल्दा लागि पहिलो गोल गरेका हुन् । अष्ट्रेलिया बस्दै आएका जगजित लिग खेल्नकै लागि स्वदेश फर्किएका हुन् ।४९औं मिनेटमा विवेक बस्नेतको क्रसमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारमा लागेर बाहिरिदा आर्मीले अग्रता बढाउन सकेन । खेलको अन्त्यतिर च्यासलले बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

जितसँगै आर्मीले शीर्षस्थानको मनाङलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट ८ अंक पुगेको छ । शीर्षस्थानको मनाङको ४ खेलबाट १० अंक छ । एक खेल कम खेलेको सातदोबाटो ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो हार बेहोरेको च्यासल ४ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.