4 years ago
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानको प्रतिस्पर्धामा रहेका सातदोबाटो र मच्छिन्द्र दुवैको समान ७ अंक छ । शुक्रबार आ आफ्नो खेल जित्दै मनाङ मस्र्याङ्दी क्लब शीर्ष र त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लेका छन् ।
दशरथ रंगशालामा जारी लिगमा शनिबार पहिलो खेलमा सातदोबाटोले एनआरटीको सामना गर्नेछ । खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । मच्छिन्द्र र हिमालयन शेर्पा क्लबबीचको खेल भने दिउँसो ४ः४५ बजे सुरु हुनेछ । तेस्रो स्थानको सातदाबाटो र चौथाको मच्छिन्द्र अघिल्ला तीन खेलमा समान २ जित र १ बराबरी खेलेका छन् । समान २ अंक जोडेका हिमालयन शेर्पा १० औं र एनआरटी ११ औं स्थानमा छ । दुवै टोली पहिलो जितको खोजीमा छन् ।
पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको मच्छिन्द्रले दोस्रो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो । अर्को खेलमा भने जावलाखेललाई २–० ले हराएको थियो । फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको सातदोबाटो थ्री स्टारलाई १–० ले र एपिएफलाई ४–१ ले हराएको थियो ।
शेर्पाले पहिलो खेलमा संकटासँग १–१ को बराबरी, मनाङसँग १–० हार र पुलिससँग १–१ बराबरी खेलेको थियो । मछिन्द्रसँग २–१ को हार बेहोरेको एनआरटीले ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित र च्यासलसँग १–१ को बराबरी खेलेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]