default_image

4 years ago

December 11, 2021

शेर्पालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबमाथि सहज जित निकाल्दै मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । शेर्पालाई –० ले पराजित गरेपछि मछिन्द्रले मनाङलाई पछि पार्दै शीर्षस्थानमा कब्जा जमाएको हो ।

मछिन्द्रको जितमा सुनिल बल, नुर्लान नोभ्रुजोभ र बिमल घर्तीमगरले गोल गरे । सुनिलले पहिलो हाफमा तथा नुर्लान र बिमलले दोस्रो हाफमा गोल गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलको ११औं मिनेटमा नुर्लान नोभ्रुजोभको सशक्त प्रहार क्रसबारमा लाग्दै बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

रन्जित धिमालको क्रसलाई शेर्पाका सन्जत राईले नभेटेको बललाई नुर्लानले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । २२औं मिनेटमा सुनिल बलको फ्रिकिकलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाए । २९औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गर्न सफल भएका थिए ।

जारी लिगमा सुनिलको यो तेस्रो गोल हो । यसअघि उनले एनआरटीविरुद्धको जितमा दुई गोल गरेका थिए । ३२औं मिनेटमा मनिष डाँगीको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४७औं मिनेटमा सुरेश कुमालको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाउँदा शेर्पा बराबरीबाट चुक्यो । ६७औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट फरवार्ड बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको जित पक्का गरे । ७३औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका बिमलले आन्द्रेस नियाले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै क्लोज रेन्जबाट दिएको पासमा अनमार्क रहेका बिमलले सहजै फिनिस गरेका थिए ।

जितसँगै अपराजित रहेको मछिन्द्र ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो । समान १० अंक नै रहेपनि गोल अन्तरमा मछिन्द्र अघि रहेको छ । दोस्रो स्थानको अपराजित मनाङको पनि १० अंक नै रहेको छ । पराजित शेर्पा ४ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.