default_image

4 years ago

December 11, 2021

‘समिर र मेसुके सोचेजस्तो चल्न सकेनन्’

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जेठमा भएको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको थियो । काठमाडौं जित्नुमा दुई विदेशी खेलाडी स्टेफन समिर विनोङ र मेसुके ओलुमोउको भूमिका महत्वपूर्ण थियो । ८ गोल गरेका मेसुके एनएसएलको उत्कृष्ट फरवार्ड नै घोषित भएका थिए ।

यी दुईको त्यसबेलाको प्रदर्शन देखेर न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका लागि स्टेफन र मेसुकेलाई अनुबन्ध गरेको थियो । तर, दुवै विदेशीले जारी लिगमा भने खासै प्रभाव जमाउन सकेका छैनन् । चौथो खेलमा आएर स्टेफेनले गोलको खाता खोल्दा एनआरटीले जारी लिगमा पहिलो जित हासिल गर्यो ।

१–० को एनआरटीको त्यो जितले नवप्रवेशी सातदोबाटोको जितको अपराजित यात्रा टुंगिएको छ । दोस्रो हाफ सुरु भएको १५ औं सेकेन्डमा नै सातदोबाटोका करण रावतको मिस पासलाई मेसुकेले नियन्त्रणमा लिँदै दिएको पासमा स्टेफनले गोल गरेका थिए । दुई विदेशी चलेको दिन एनआरटीले जारी लिगमा पहिलो जित दर्ता गरेको थियो ।

यद्दपी उनीको प्रदर्शनबाट एनआरटीका मुख्य प्रशिक्षक सन्तुष्ट हुन सकेका छैनन् । ‘स्टेफन चेटग्रस्त छन् । उनी राम्ररी खेल्न सकेका छैनन्,’ उनले भने, ‘मेसुके पनि खेल्न सकेका छैनन् । टोटेल अफ छन् । एनएसएलमा त्यस्तो राम्रो गरेको खेलाडी अहिले नचल्दा गाह्रो त हुन्छ नै ।’

पहिलो पटक ३ अंक जोड्दा खुसी भएका शाक्य प्रशिक्षकको नाताले टोलीको प्रदर्शनबाट भने अझै सन्तुष्ट हुन सकेका छैनन् । यसै सिजन एनआरटीमा आबद्ध भएका रञ्जन विष्टलाई उनले दोस्रो हाफमा उतार्ने गरेका छन् । सातदोबाटोविरुद्ध भने उनले योजना भएपनि उतार्न सकेनन् । ‘रञ्जनलाई इन गर्ने प्लान थियो । तर, एरिक विष्ट घाइते भएपछि हामीले उनलाई पठाएनौं । परिस्थिति अनुसार योजना बदल्न पर्ने हुन्छ,’ उनले भने, ‘रञ्जन राम्रो खेलाडी हो । त्यसैले हामीले लिएका हौं । तर पनि उनी ९० मिनेट खेल्न फिट छैनन् जस्तो लाग्छ ।’

लिगमा पहिलो हारपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले भने अघिल्ला तीन खेलमा जस्तो गति एनआरटीविरुद्ध कायम गर्न नसकेको बताएका छन् । ‘अघिल्ला खेलहरुमा भन्दा आज पेस स्लो थियो । मिस पासेस पनि ज्यादा भयो,’ उनले भने, ‘एनआरटीले निकै राम्रो खेल्यो । भन्नुपर्दा एनआरटीले मौका बनाए अनुसार स्कोर भएन । बराबरी हुने अवस्था पनि थियो । मिस गर्यौं । समग्रमा हामीले अझै मेहनत गर्न बाँकी छ ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.