4 years ago
December 12, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
फुटबलमा सानै उमेरमा व्यक्तिगत र खेल जीवनमा उथलपुथल बेहोर्ने खेलाडीमा पर्छन् विमल घर्तीमगर । झण्डै एक दशक अघि १४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेको विमल फुटबल प्रेमीले निकै आशा गरेका फरवार्ड हुन् ।

विमलको कप्तानीमा ६ वर्षअघि नेपालले घरेलु मैदानमै यू १९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसअघि नेपालमै आयोजना भएको सन् २०१३ को साफ च्याम्पियनसिपमा उनी चर्चाको शिखरमा पुगेका थिए । भनौ राता रात स्टार बनेका थिए ।
अन्तिम समयमा पाकिस्तानविरुद्ध गोल गर्दै साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने आधार तयार पार्न भूमिका खेलेका उनी त्यसको केहि दिन सञ्चारमाध्यममा चर्चाको केन्द्रमा रहे । यू १९ जिताएयता उनी राष्ट्रिय टोलीका नियमित सदस्य थिए । उनीमात्र होइन त्यहि यू १९ टोलीका अन्जन विष्ट, अनन्त तामाङ र दीनेश राजवंशी नियमित रुपमा टोलीको सदस्य रहँदै आए ।
तर, विमलको व्यक्तिगत र खेल जीवन भने सरल रुपमा अघि बढेन । युरोपका विभिन्न क्लबमा प्रशिक्षणको मौका त पाए, तर त्यहि क्रममा याता स्वदेशमा भने वहिनीको मृत्यु भयो । त्यसले उनको व्यक्तिगत जीवनमा निकै उतारचढाव बेहोर्नुपर्यो ।

स्वदेशमा मात्र होइन माल्दिभ्स र भारतीय क्लबमा पनि उनले व्यवसायिक फुटबल खेल्ने मौका नपाएका होइनन् । तर, अपेक्षा अनुसार उनको प्रदर्शन हुन सकेन । त्यसका वावजुद पनि करिअर ठिक ठाक नै चल्दै थियो ।
तर, दुई वर्षअघि जब उनीसँग राष्ट्रिय टोलीका ४ जना अनुशासनको कारवाहीमा पर्दा धेरै समर्थक निराश भएका थिए । कुवेतविरुद्ध विश्वकप खेल्न भुटान जाने दिननै उनीहरुमाथि कारवाही भएको थियो । विमल ९० दिनको प्रतिबन्धमा परे । उनीसँग कारवाहीमा परेकाले स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर गुमाउनुपर्यो । १३ औं को स्वर्ण जित्ने टोलीको सदस्य बन्ने आफ्नै कारण पूरा हुन सकेन ।
कारवाही फुकुवा भएपछि उनी अघिल्लो सिजन लिगको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबबाट मैदान उत्रिए । त्यसपछि मोसफलका थुप्रै प्रतियोगिता पनि खेले । त्यहि बलमा गत वर्ष पुसमा उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए । तर, दुर्भाग्य । दैवको खेला अर्कौ थियो । उनी चोटग्रस्त हुन पुगे । घुँडामा गम्भिर चोट लाग्यो ।

धन्न उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघको सहयोग माग्यो । झण्डै ९ महिना कतार बसेर असोजमा स्वदेश फर्किए ।
लिगका लागि फेरि मच्छिन्द्रमा आबद्ध भए । मच्छिन्द्रले जारी सिजनमा शनिबार चौथो खेल खेल्ने र तेस्रो जित निकाल्यो । विमलले सुरुवाती दुई खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्ने मौका पाए । औसत प्रदर्शन गरे । तेस्रो खेलमा मौकै पाएनन् । शनिबार फेरि परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गर्ने मौका पाए ।
टोलीले हिमालयन शेर्पा क्लबलाई ३–० ले हरायो । टोलीको जित त निश्चित जस्तै भइसकेको थियो, त्यस्तोमा इन्जुरी समयमा विमलले गोल आफ्नो नाममा लेखाए । धेरै पछिको गोलले सायद उनलाई ठूलै राहत दिएको हुनुपर्दछ । फरवार्डहरुले जारी लिगमा गोल गर्न बाट चुकिरहेको पृष्ठभूमीमा विमलले पुरानै लयमा फर्कने संकेत गरेका छन् । यद्दपी अहिले उनी पुरानै लयमा देखिए भन्दा भने हतार हुन सक्छ । लिगमा अझै ९ चरणका खेल उनको टोलीले खेल्न बाँकी छ ।

गोल गरिसकेको साँझ तस्बिरसहित विमलले लेखे, ‘कहिलेकाहिँ मान्छेको जीवनमा उसको गन्तव्य तर्फको पाइलाहरुको रफ्तार भन्दा सहि दिशा तर्फ लम्किरहेका पाइलाहरुको एक एक कदमले महत्वपूर्ण भूमिका खेल्छ । सबैको माया र साथको लागि आभारी छु ।’
उनको आशय सहि बाटो हिड्ने प्रयास गरिरहेको छु भन्ने छ । गोल पछिको अनुभव साट्न भन्दा उनले यत्ति भने, ‘मसँग बोल्ने केहि शब्द नै छैन । खेलाडीले धेरै बोल्नै पर्दैन, उसको प्रदर्शनले नै बोल्छ ।’
आशा गरौं आउने दिनमा उनको प्रदर्शनले अझै धेरै बोल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]