default_image

2 years ago

December 15, 2021

बार्सिलोनाको प्रस्ताव एडियमीद्धारा अस्वीकार

76 views

0 Bookmark

एजेन्सी – जर्मन युवा फरवार्ड करिम डेभिड एडियमीले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय करिमले बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गरेका हुन् ।

पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बार्सिलोना टोली निर्माणको संरचनामा जुटेको छ । यसक्रममा करिम पनि बार्सिलोनाको नजरमा रहेका थिए । उनले अष्ट्रियन क्लब साल्जवर्गपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्ने मनासय बनाएको बुझिएको छ । एडियमीलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्नसँगै इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको छ ।

एडियमीले यो सिजन अष्ट्रियन बुन्डेसालिगामा १८ खेल खेल्दा १४ गोल गरिसकेका छन् । जर्मनीको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट तीन खेल खेलिसकेका एडियमीले एक गोल गरिसकेका छन् ।

डर्टमुन्डमा युवा खेलाडीले धेरै अवसर पाउने कारण पनि उनले त्यसतर्फ आफ्नो ध्यान बनाएका छन् । हाल डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरिरहेका एर्लिङ हालान्डले क्लब छाड्ने चर्चा चलेसँगै करिमले उनको स्थान लिने सम्भावना छ । हालान्डले पनि साल्जबर्गबाट डर्टमुन्ड आउने निर्णय गरेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.