4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा फोडे फोफानाको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले अघि बढ्दै बचाएका थिए ।
२१औं मिनेटमा सुनिल बलका कर्नरलाई गोलरक्षक राजा बाबु थापाले पञ्च गर्दै बचाए । त्यसमै विशाल राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ३०औं मिनेटमा रन्जित धिमालको क्रस सिधै गोलरक्षक राजा बाबु थापाको हातमा पुग्यो । ३६औं मिनेटमा फोडे फोफानाको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।
४०औं मिनेटमा फोडे फोफानाले मैदानको मध्य भागबाट दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई आन्द्रस नियाले क्लियर गर्दै मछिन्द्रको संकट टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लक्ष्मण रुचालको कर्नरमा निरज बस्नेतको हेडर पोस्ट नजिकैबाट बाहिरिदा संकटाले अग्रता लिन सकेन । मछिन्द्रले भने संकटाको पोस्टमा खासै आक्रमण बुन्न सकेको छैन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]