3 years ago
December 22, 2021
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा युभेन्ट्सले क्याग्लिएरीलाई २–० ले पराजित गरेको हो ।
एलिएन्ज स्टेडियम टुरिनमा युभेन्ट्सको सहज जितमा मोइस किन र फेडरिको बर्नरडेस्चीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले फेडरिको बर्नरडेस्चीको क्रसमा दुई डिफेन्डरबीचबाट हेडरमार्फत गोल गर्न सफल भएको थियो । ८३औं मिनेटमा बर्नरडेस्चीले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । डिजान कुलुसेभ्स्कीको पासलाई सदुपयोग गरेका थिए ।
यो जितसँगै पाँचौ स्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ३४ अंक पुगेको छ । पराजित क्याग्लिएरी १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।
अर्काे खेलमा जिनोआ र एटलान्टाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीपछि एटलान्टा ३८ अंक जोडेर शीर्ष चारमा यथावत रहेको छ । जिनोआ ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]