default_image

2 years ago

December 23, 2021

फिफा वरीयतामा नेपाल यथावत

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै रहेको थियो ।

गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०४औं स्थानमा तथा माल्दिभ्स १५७औँ स्थानमा रहेका छन् ।

नेपालभन्दा पछि भुटान (१८५), बंगलादेश (१८६), पाकिस्तान (१९८) र श्रीलंका (२०४) औं स्थानमा रहेको छ । एसियाको वरियतामा इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र कतार शीर्ष पाँचमा रहेका छन् ।

नयाँ वरीयतामा बेल्जियम पनि शीर्षस्थानमा यथावत रहेको छ । बेल्जियम लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्यान्ड चौथो स्थानमा छ । पाँचौँमा अर्जेन्टिना आउँदा इटाली छैटौँ स्थानमा छ । स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः छैटौंदेखि शीर्ष १० मा अटाएका छन् । यसमा कुनै परिवर्तन भएको छैन ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.