default_image

2 years ago

December 28, 2021

प्रशिक्षक अलमुताइरी पनि नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन् । पछिल्लो सम्झौता प्रारम्भ हुन केहि दिन बाँकी रहँदा उनी नेपाल फर्केका हुन् । झण्डै दुई महिना देखि उनी नेपाल बाहिर थिए । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पबुदु दसानायके पनि मंगलबार नै नेपाल आइपुगेका थिए । असोजमा माल्दिभ्समा भएको साफ […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन् । पछिल्लो सम्झौता प्रारम्भ हुन केहि दिन बाँकी रहँदा उनी नेपाल फर्केका हुन् । झण्डै दुई महिना देखि उनी नेपाल बाहिर थिए । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पबुदु दसानायके पनि मंगलबार नै नेपाल आइपुगेका थिए ।

असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी टोलीसँग नफर्की कतार गएका थिए । कतारमै रहँदा सन् २०२२ जनवरी १ देखि २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने गरि उनले सम्झौता गरेका थिए । कतार फुटबल संघको सहयोगमा उनी नेपाल आएका हुन् ।

नयाँ सम्झौतापछि कात्तिकमा नेपाल आएर उनी पुनः कतार फर्केका थिए । कात्तिक १६ गते पत्रकार सम्मेलनमा अलमुताइरीले विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको बताएका थिए ।

अलमुताइरीले आफुले तीन चरणमा काम गर्ने भन्दै त्यसको योजना सार्वजनिक गरेका थिए । पहिलो चरणमा एसिया कप छनोट रहेको छ । जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षण र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका छन् ।

उनले ‘ए’ डिभिजन लिग, नेपाल सुपर लिगको बाट खेलाडी छनोट गरिने बताएका थिए । अलमुताइरीको प्रशिक्षणमा नेपालले अहिले सम्म ११ खेल खेल्दा ३ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो ।

अर्को महिना फिफा डेटमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने र त्यसका लागि अलमुताइरीले केहि दिनमा प्रशिक्षण सुरु गर्ने एन्फाका केन्द्रिय सदस्य एवंम् राष्ट्रिय टोलीका प्रशिक्षक मधुसुदन उपाध्यायले जानकारी दिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.