default_image

3 years ago

December 28, 2021

नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । खेल सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । यो मैत्रीपुर्ण खेल फिफाको क्यालेन्डर डेटमै हुनेछ । मौरिसस फिफा वरीयतामा १७२औं स्थानमा रहेको छ । नेपाल १६९औं स्थानमा रहेको छ ।

नेपालले गत सेप्टेम्वर २ र ५ मा भारतसँग दशरथ रंगशालमा दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो खेलमा बराबरी खेलेको नेपालले दोस्रो खेल गुमाएको थियो । त्यसपछि नेपालले माल्दिभ्समा साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । १६ अक्टोवरमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो । नेपाल साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मंगलबारै नेपाल आइपुगेका छन् । उनले ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गर्दै मैत्रीपुर्ण खेलको लागि टोली तयार पार्नेछन् ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.