3 years ago
December 29, 2021
एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।
ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो ।
दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि नै फुटबल खेल्न शुरु गरेका थिए । म्यारोडोना नेपोलीमा आबद्ध हुदा उनी एस्कोलीमा अनुबन्धित भएका थिए ।
मिडफिल्डर ह्युगोले व्यवसायिक खेल करिअरमा अपेक्षाकृत सफलता हात पार्न सकेको थिए । पछि उनी युवा फुटबल परियोजनामा केन्द्रित रहेका थिए । उनले अर्जेन्टिनाको उमेर समूह यु–१६ बाट ११ खेलमा चार गोल गरेका थिए । उनले प्युरटो रिकोलाई प्रशिक्षण दिएका थिए ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]