3 years ago
December 29, 2021
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका थप तीन जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले पछिल्लो परिक्षणमा थप तीन खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लोपटक कोरोना पुष्टि हुनेमा स्यामुयल उम्टिटी, औसमाने डेम्वेले र गाभी रहेका छन् । उनीको स्वास्थ्य अवस्था सामान्य नै रहेको र अहिले सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।
थप तीन जनामा कोरोना पुष्टि भएसँगै बार्सिलोनामा कोरोना हुने खेलाडीको संङ्ख्या ७ पुगेको छ । यसअघि ड्यानी आल्भेस, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट र एलेसान्द्रो वाल्डेलाई कोरोना पुष्टि भएको थियो ।
यो सिजन आफ्नो लय समात्न नसकेको बार्सिलोनालाई ७ खेलाडीलाई कोरोना भएसँगै थप दवाव बढेको छ । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले २ जनवरीमा रियल मलोर्कासँगको खेलका लागि सानो टोली बनाएर प्रशिक्षण गरिरहेको छ ।
बार्सिलोना अहिले ला लिगामा १८ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १८ अंकले पछि छ । रियलले एक खेल बढी खेलेको छ ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]