default_image

2 years ago

December 30, 2021

इन्ज्युरी समयमा सम्हालिन नसक्दा चेल्सी रोकियो

107 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी घरेलु मैदानमा ब्राइटनसँग रोकिएको छ । चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको हो ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दा ब्राइटनका ड्यानी वेलवेकले गोल फर्काए । खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले मासन माउन्टको पासलाई हेडमार्फतत गोल गरेका थिए ।

जिततर्फ अग्रसर चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाउँदै अंक खोस्न सफल भए ।

यो बराबरीपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २० खेलबाट ४२ अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि पर्दा एक खेल कम खेलेको लिभरपुलभन्दा १ अंकले अघि छ । ब्राइटन १८ खेलबाट २४ अंक जोडेर १०औं स्थानमा छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.