default_image

3 years ago

December 30, 2021

म्यानचेस्टर सिटीको कीर्तिमानी जित

116 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले एकै क्यालेन्डर (सन् २०२१) मा कीर्तिमानी जितसहित वर्षको अन्त्य गरेको छ । सन् २०२२ सुरु हुुनुअघि ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले सर्वाधिक जित, सर्वाधिक गोल र सर्वाधिक अवे जितको कीर्तिमान बनाएको हो ।

सिटीले एकै क्यालेन्डरमा ३६ जित, ११३ गोल र १९ अवे जित निकालेको छ । यो कुनै पनि इंग्लिस क्लबले एकै क्यालेन्डरमा निकालेको उत्कृष्ट नतिजा हो । बुधबार राति भएको खेलमा ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८ अंकले पछि पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ ।

ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सिटीको जितमा फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ८७औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जितपछि सिटीको २० खेलबाट ५० अंक पुगेको छ । समान खेलबाटै चेल्सीको ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । पराजित ब्रेन्टफर्ड २० अंक जोडेर १४औं स्थानमा छ ।

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.