default_image

2 years ago

December 30, 2021

रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना

37 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रियलले विज्ञप्ति जारी गर्दै पछिल्लो परिक्षणमा थप चार खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ ।

पछिल्लोपटक कोरोना पुष्टि हुनेमा पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा र भिनिसिय जुनियर रहेका छन् । यि खेलाडी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । यि चार खेलाडीले अब २ जनवरीमा गेटाफेविरुद्धको खेल गुमाउनेछन् ।

निसियसले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । उनको अभाव टोलीलाई खड्कन सक्नेछ । भिनियसले यो सिजन १९ खेलमा १० गोल र ४ असिस्ट दिएका छन् ।

यसअघि लुका मोड्रिच, मार्सेलो, मार्काे एसेन्सियो, रोड्रिगो, ग्यारेथ बेल, एन्ड्री लुनिन, डेभिड अलावा र इस्कोलाई कोरोना पुष्टि भएको थियो । उनीहरुको स्वास्थ्यमा हुदै आएको र गेटाफेविरुद्ध उनीहरु फिट हुने अनुमान गरिएको छ ।

रियल १९ खेलबाट ४६ अंक जोडेर स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको छ । रियलले एक खेल कम खेलेको सेभियालाई ८ अंकले पछि पारेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.