default_image

2 years ago

December 31, 2021

रोनाल्डो चम्कदा म्यानचेस्टरको जित

85 views

0 Bookmark

एजेन्सी – सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल तथा अर्को गोलको लागि असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।

घरेलु मैदानमा युनाइटेडलाई बर्नलीलाई ३–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोसँगै स्कट म्याक टोमिनेले गोल गरे । एक गोल उपहार पाएको थियो । बर्नलेका लागि आरोन लेनननले एक गोल गरे । सबै चार गोल पहिलो हाफमा नै भएको थियो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा स्कट म्याक टोमिनेको गोलबाट घरेलु टोली युनाइटेडले सुरुवाती अग्रता लिन सफल भयो । रोनाल्डोले आफैले प्रहार गर्नुपर्ने बल स्कटलाई छाडिदिदा उनले सुन्दर फिनिस गरेका थिए ।

२७औं मिनेटमा जेडान सान्चोको प्रहार विन मिलाई लाग्दै गोलगमा परिणत हुदा युनाइटेडले खेलमा २–० को अग्रता लिन सफल भयो । ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३–० ले अघि बढाए । स्कट म्याट टोमिनेको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए ।

३८औं मिनेटमा आरोन लेनननले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै युनाइटेडको जितमा पर्याप्त बन्यो ।

जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान ३१ अंक नै रहेपनि वेस्ट ह्याम गोल अन्तरमा अघि छ । वेस्टह्यामले एक खेल बढी खेलेको छ । एक खेल कम खेलेको टोटेनहमको ३० अंक छ । पराजित बर्नले ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.