default_image

2 years ago

January 2, 2022

रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम

114 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गेटाफेसँग १–० ले स्तब्ध हुँदै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

रियल ३ अक्टोवर २०२१ म स्पान्योलसँग २–१ ले पराजित भएयता अपराजित रहेको थियो । जसमा १३ जित र दुई बराबरीको नतिजा रहेको थियो । कोलिसिअम अलफन्सो पेरेजमा आइतबार राति भएको खेलमा घरेलु टोली गेटाफेको जितमा पहिलो हाफमा इनेस युनालले गरेको गोल नै निर्णायक बन्यो । इनेसले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेको रियलले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो । रियलले गेटाफेविरुद्ध ७४ प्रतिशत बल पोसेसन राखेपनि गोल गर्न असमर्थ रहँदा यो सिजनको ला लिगामा चौथो हार बेहोर्न पुग्यो ।

यो हारसँगै रियल शीर्षस्थानमा यथावत रहेपनि अग्रता बढाउने मौका गुमाएको छ । रियलको २० खेलबाट ४६ अंक रहेको छ । दोस्रो स्थानको सेभियाको १८ खेलबाट ३८ अंक छ । रियललाई हराएको गेटाफे १८ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.