default_image

2 years ago

January 5, 2022

आर्सनल र लिभरपुलको खेल स्थगित

एजेन्सी – लिग कप अन्तर्गत लन्डन क्लब आर्सनल र लिभरपुलबीच सेमिफाइनलको पहिलो लेगको खेल स्थगित भएको छ । कोभिड–१९ को प्रकोपका कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग (इएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । मुख्य प्रशिक्षक […]

91 views

0 Bookmark

एजेन्सी – लिग कप अन्तर्गत लन्डन क्लब आर्सनल र लिभरपुलबीच सेमिफाइनलको पहिलो लेगको खेल स्थगित भएको छ । कोभिड–१९ को प्रकोपका कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग (इएफएल) ले जनाएको छ ।

पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । मुख्य प्रशिक्षक योर्गेन क्लोप र सहायक प्रशिक्षक नै कोभिडका कारण आइसोलेट हुनुपरेपछि लिभरपुलले बुधबारको प्रशिक्षण रद्द गरेको छ । अब पहिलो लेग १३ जनवरीमा एनफिल्डमा तथा दोस्रो लेग २० जनवरीमा इमिरेट्स स्टेडियममा हुनेछ ।

इएफएलले विज्ञप्ति जारी गर्दै क्लबसँग खेल सञ्चालनको विषयमा नियमित संवाद गरिरहेको र अघि बढ्न सक्ने अवस्था नै नरहेपछि खेल स्थागित गर्नुपरेको बताएको छ । यो अवधिमा क्लबमा कोभिड संक्रमण लगातार बढिरह्यो । यो परिस्थितिको समीक्षा गर्दै इएफएलले लिभरपुलको अनुरोधलाई स्वीकार गरेको हो ।

यसअघि बुधबार लिभरपुलले कोरोना भाइरस केसहरुको द्रुत गतिमा बढ्दो संख्याका कारण क्लबको प्रशिक्षण ४८ घन्टाको लागि स्थगित गरिसकेको छ । मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई कोरोना भएपछि टचलाइन सहायक प्रशिक्षक पेप लिन्डर्सलले चेल्सीविरुद्धको प्रिमियर लिगको खेल सम्हालेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

उक्त खेलमा पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर, जोएल मटिप र रोबर्टाे फिर्मिनोसँगै क्लबका अन्य तीन कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । अफ्रिका कप अफ नेसन्सका लागि मोहम्मद सलाह, साडियो माने र नावी केइटाको प्रस्थानबाट लिभरपुललाई थप तनाव बढेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.