4 years ago
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफमा संकटार सातदोबाटोले १–१ गोलको बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका हुन् । खेलको चौथो मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार संकटाका गोलक्षक राजा बावु थापाले पञ्च गर्दै बचाए ।
११औं मिनेटमा फोडे फोफानाको प्रहार अभिषेक बरालले मुस्किलले बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिक गोलरक्षक अभिषेकले पोलनजिक फुस्काउँदा संकटा अग्रता लिनबाट चुक्यो ।
२३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गम्भीर गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशिलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो । ३०औं मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रस बारमा लाग्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो ।
३२औं मिनेटमा जय गुरुङले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दिपेश आलेमगरको पासलाई उनले झन्डै ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहारमा गोलरक्षक अभिषेकले कुनै प्रतिक्रिया नै जनाउन सकेन । ३९औं मिनेटमा दीपक राज सिंह ठकुरीको प्रहारलाई गोलरक्षक राजाबाबुले अघि बढ्दै बचाए ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]