default_image

2 years ago

January 9, 2022

एसी मिलान शीर्षस्थानमा उक्लियो

87 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । मिलानले १० खेलाडीमा समेटिएको घरेलु टोल्ी भेनेजियालाई ३–० ले पराजित गरेको हो ।

मिलानको जितमा थियो हर्नान्डेजले दुई गाृल गर्दा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल थपे । खेलको दोस्रो मिनेटमा नै ज्लाटनको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले राफयल लियोको पासमा गोल गरेका थिए ।

४८औं मिनेटमा थियो हर्नान्डेजले लियोकै पासमै गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । माइकल स्वोबोडा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा थियो हर्नान्डेजले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै मिलान २१ खेलबाट ४८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । मिलानले दुई खेल कम खेलेको इन्टर मिलानलाई २ अंकले पछि पारेको हो । पराजित भेनेजिया १७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.