default_image

2 years ago

January 11, 2022

टोरेसले रियल म्याड्रिडविरुद्ध खेल्ने!

72 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट यसै विन्टरमा बार्सिलोनामा अनुबन्ध भएका स्पेनिस फरवार्ड फेरान टोरेस क्लबमा आधिकारिक रुपमा दर्ता भएको छ ।

यससँगै टोरेसले साउदी अरेबियामा हुने स्पेनिस सुपर कपमा रियल म्याड्रिडविरुद्ध खेल्ने सम्भावना बलियो बनेको छ । उनी कोरोना संक्रमणमुक्त भइसकेको छ ।

बार्सिलोनाले सार्वजनिक गरेकै दिन टोरेसलाई कोरोना पुष्टि भएको थियो । टोरेसले चोटका कारण गत सेप्टेम्बरदेखि खेलेका छैनन् । बार्सिलोनाले बुधबार साउदी अरेबियामा स्पेनिस सुपर कोपाको पहिलो सेमिफाइनलमा ‘इएल क्लासिको’ रियलविरुद्ध खेल्दैछ । टोरेससँगै पेड्री पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

फाइनान्सियल फेयर प्ले प्रतिबन्धका कारण बार्सिलोनाले टोरेसलाई दर्ता गर्न सकेको थिएन । स्यामुयल उम्टिटीले आफ्नो पारिश्रमिक कटौती गर्दै सन् २०२६ सम्म सम्झौता नविकरण र फिलिपे कौटिन्हो लोनमा एस्टन भिल्ला पुगेपछि बार्सिलोनाले टोरेसलाई दर्ता गर्न सफल भएको हो ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अन्सु फाती रियल म्याड्रिडविरुद्धको खेलमा फर्कने पुष्टि गरेका गरेका छन् । फ्रेन्की डि जोङ र रोनाल्ड एराउजो पनि साउदी अरेविया जानेछन् ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.