default_image

2 years ago

January 12, 2022

ब्राजिली प्ले मेकरको बार्सिलोनाबाट खेल्ने चाहना

48 views

0 Bookmark

एजेन्सी – विन्टर ट्रान्सफरमा व्यस्त रहेको क्याटलान क्लब बार्सिलोनासँग ब्राजिली मिडफिल्डर ओस्कार डोस सान्तोष जोडिएको छ ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आगामी प्राथमिकतामा उनलाई राखेको विभिन्न रिपोर्टहरूको दाबी छ । तथापि, यसबारे क्लब र खेलाडीको आधिकारिक धारणा भने आइसकेको छैन । बार्सिलोनाले प्राथमिकतामा सेन्टर फरवार्ड रहेपनि ओस्कार एक उत्कृष्ट प्ले मेकर हो ।

३० वर्षीय ओस्कारलाई चिनिया सुपर लिग क्लब सांघाई एसआइपिजीबाट खेलिरहेका छन् । उनी युरोपियन फुटबलमा फर्कन चाहेको बुझिएको छ । सन् २०२४ सम्म सांघाईसँग सम्झौता रहेको ओस्कार हाल विश्व फुटबलमा सबैभन्दा बढी कमाउने पाँचौ फुटबल खेलाडी हुन् ।

ओस्कार सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट ६ करोड युरोपमा चिनिया क्लब सांघाईमा पुगेका थिए । युरोपियन फुटबलमा फर्कनको लागि ओस्कारले आफ्नो पारिश्रमिक घटाउन चाहेका छन् । बार्सिलोनामा आबद्ध भए उनी २०१७ पछि युरोपियन फुटबलमा फर्कनेछ ।

चेल्सीमा रहँदा उनले दुई प्रिमियर लिगको उापधि जितेका थिए । ओस्कारले चिनिया सुपर लिग र एक सुपर कप जितेका छन् । उनले ब्राजिलका लागि ४८ खेल खेल्दा १२ गोल गरेका छन् ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.