default_image

2 years ago

January 13, 2022

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान सुपर कप च्याम्पियन

115 views

0 Bookmark

एजेन्सी – युभेन्ट्ससँग एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ ।मिलानोमा घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे । युभेन्ट्सका वेस्टन म्याकेनीको गोल सान्त्वना बन्यो । खेलको २५औं मिनेटमा वेस्टनको गोलबाट युभेन्ट्सले खेलमा १–० को अग्रता बनाएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इभान पेरिसिसको चलाखीपुर्ण ब्याकहिल पासमा इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।

त्यसपपछि निर्धारित समयमा गोल निस्कन नसकदा खेल अतिरित्त समयमा लम्बिएको थियो । ट्राइब्रेकतर्फ धकेलिएको खेलेकोअतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फरवार्ड एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । ७५औं मिनेटमा मार्टिनेजको स्थानमा मैदान छिरेका उनले माटियो डारमेनको पासमा गोल गरेका थिए ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.