default_image

2 years ago

January 15, 2022

संकटामाथि थ्री स्टारको जित

काठमाडौं (हाम्रो खेलकुद) – सव्सिच्युट फरवार्ड विजय भुजेलले इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोलमा रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई पराजित गरेको छ । थ्री स्टारले लिगमा अपराजित रहेको संकटालाई १–० ले स्तब्ध पारेको हो । निशान खड्काको क्रसलाई गोलरक्षक राजाबाबु थापाले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा राफायल रिमगागोले […]

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सव्सिच्युट फरवार्ड विजय भुजेलले इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोलमा रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई पराजित गरेको छ ।

थ्री स्टारले लिगमा अपराजित रहेको संकटालाई १–० ले स्तब्ध पारेको हो । निशान खड्काको क्रसलाई गोलरक्षक राजाबाबु थापाले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा राफायल रिमगागोले गरेको प्रहारमा विजय भुजेलले निर्णायक टच दिएका थिए ।

९०औं मिनेटमा सन्जोक राईको स्थानमा मैदान छिरेका विजयले इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा गोल गर्न सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थ्री स्टारलेले जितको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । थ्री स्टार चोटका कारण आफ्ना मुख्य पाँच खेलाडीविनै मैदान उत्रिएको थियो ।

जितसँगै थ्री स्टारले संकटालाई नै पराजित गर्दै चौथो स्थानमा उक्लदै उपाधिको सम्भावना जीवितै राखेको छ । थ्री स्टारको ९ खेलबाट १६ अंक पुगेको छ । शीर्षस्थानमा रहेको मछिन्द्रको १९ अंक छ । पराजित संकटा १४ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

दिनकै अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गरेको छ । आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले गोल गरे । फ्रेन्ड्सका जमल फ्रान्सिसले एक गोल फर्काए ।

जितसँगै आर्मी ९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.