default_image

2 years ago

January 18, 2022

भक्तपुर युनाइटेड जिल्ला लिग च्याम्पियन

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर युनाइटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलबार भएको फाइनलमा भक्तपुर युनाइटेड लोकन्थली एफसीलाई २–१ पराति गर्दै उपाधि जितेको हो ।

भक्तपुर युनाईटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले समान एक गोल गरे । लोकन्थलीका रोहित गिरीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा मनोजको गोलबाट भक्तपुर युनाइटेडले अग्रता लिएको थियो । नवौं मिनेटमा कृष्णले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । प्रतिष्पर्धात्मक खेलको ७५ औं मिनेटमा पेनाल्टी मार्फत रोहितले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । भक्तपुर युनाईटेडले ट्रफीसहित ५० हजार र लोकन्थलीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

लोकन्थलीका रोहित गिरीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले निष्ट स्कुलले प्रायोजन गरेको १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, सर्वाधिक ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ उत्कृष्ट स्कोरर, थिमि युथका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाईटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए । उत्कृष्ट सबै ले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता, उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठलगायतले पुरस्कृत गरे ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.