default_image

2 years ago

January 21, 2022

साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

49 views

0 Bookmark

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो ।

सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेपनि हार टार्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै इकर मुनिएनको गोलबाट घरेलु टोली बिल्वाओले १–० को अग्रता लिन सफल भएको थियो । उनले निको विलियम्सको पासमा गोल गरेका थिए ।

२०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यसै विन्टरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका उनले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा क्लबका लागि डेब्यु गोल गर्न सफल भएका थिए । उनले बार्सिलोनाको लागि दोस्रो खेल खेल्दा गोल गर्न सफल भएका हुन् ।

८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए । तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेड्रीले ड्यानी आल्भेसको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउँदै बार्सिलोनाको सम्भावना जीवितै राखे ।

त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०५औं मिनेटमा इकर मुनिएनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे । निको विलियम्सले गरेको क्रसलाई पेनाल्टी बक्समा जोर्डी अल्वाले हातले बललाई छुन पुगेपछि रेफ्रीले बिल्वाओलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा मुनिएन चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो ।

यो सिजन बार्सिलोना तीन उपाधिबाट बञ्चित बनिसकेको छ । गत डिसेम्वरमा बोका जुनियर्ससँग म्याराडोना कपको फाइनल गुमाएको बार्सिलोनाले यसै महिना रियल म्याड्रिडसँग पराजित हुँदै स्पेनिस सुपर कपको उपाधि पनि गुमाइसकेको छ । बार्सिलोनाको अब युरोपा लिग र स्पेनिस ला लिगामा मात्रै उपाधि जित्ने सम्भावना छ , ला लिगामा पनि बार्सिलोना रियलभन्दा १७ अंकले पछि छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.