default_image

2 years ago

January 21, 2022

माली र गाम्विया नकआउट चरणमा

62 views

0 Bookmark

एजेन्सी – माली र गाम्विया अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ बाट माली समूह विजेता तथा गाम्विया समूह उपाविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

समूह ‘एफ’ को अन्तिम खेलमा मालीले मौरितानियालाई २–० ले पराजित गर्दै समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । मालीको जितमा मासाडियो हैदरा र इब्राहिमा कोनले गोल गरे ।

क्यामरुनमा बिहीबार राति भएको खेलको दोस्रो मिनेटमा नै मासाडियो हैदराले गोल गर्दै मालीलाई सुरुवाती अग्रता दिलाए । ४९औं मिनेटमा इब्राहिमाले गोल गर्दै मालीको जित पक्का गरे । यो जितसँगै मालीले समूह ‘एफ’ मा तीन खेलबाट ७ अंक जोड्यो समान ७ अंक नै रहेपनि गाम्विया दोस्रोमा रह्यो । मौरितानिया अंक र जितविहीन हुँदै पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा गाम्वियाले ट्युनिसियालाई १–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । गाम्वियाको जितमा एब्ली जालोले गरेको गोल नै निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि ट्युनिसियाले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्न चुकाएका थिए । सिफडिन जजिरीको पेनाल्टीलाई गाम्वियाका गोलरक्षक बावोउकर गायाले बचाएका थिए । पहिलो हाफकै इन्ज्युरी समयमा फारुक विन मुस्ताफा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा ट्युनिसियाले दोस्रो हाफमा १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो ।

मालीसँग समान ७ अंक नै रहेपनि गोल अन्तरमा गाम्विया दोस्रोमा रह्यो । ट्युनिसिया ३ अंक जोडेर तेस्रोमा रह्यो । ट्युनिसियाले अब अन्तिम १६ मा नाइजेरियासँग खेल्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने शीर्ष चार टोली नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

यसअघि ट्युनिसिया नकआउट चरणमा हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ । – सम्पादक

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.