default_image

2 years ago

January 24, 2022

बार्सिलोनाको जित, रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ । बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं […]

43 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ ।

बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोस लुइस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।

जितसँगै बार्सिलोना २१ खेलमा ३५ अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । एलाभेस २२ खेलबाट १७ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अर्काे खेलमा ला लिगाको शर्षिस्थानमा रहेको रियल म्याड्रिड घरेलु मैदानमा इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । दुई गोलले पछि परेको अवस्थामा रियलले बराबरी गोल फर्काएको हो ।

इल्चेका लुकास ब्वय र पेरे मिलाले गोल गर्दा रियलका लुका मोड्रिच र इडर मिलिसाओले गोल गरे । ३३औं मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल अग्रता लिनबाट बन्चित भएको थियो । ४२औं मिनेटमा लुकास ब्वयले गोल गर्दै इल्चेलाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा पेरे मिलाले गोल गरेपछि रियल खेलमा दुई पटक पछि परेको थियो ।

८२औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई हारबाट जोगाए ।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको रियलको २२ खेलबाट ५० अंक पुगेको छ । रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ । इल्चे २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.