default_image

2 years ago

January 31, 2022

म्यानचेस्टर सिटीले अर्जेन्टिनी फरवार्ड भित्र्यायो

60 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार म्यानचेस्टर सिटीले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छैन । तर त्यसका बाबजुद टोली ट्रान्सफर बजारमा भने सक्रिय देखिएको छ ।

सिटीले आउँदो समरमा क्लबमा आबद्ध गर्ने लक्ष्यका साथ अर्जेन्टिनी क्लब रिभर प्लेटका युवा फरवार्ड जुलियन अल्भारेजसँग सम्झौता गरिसकेको छ । सिटीले २१ वर्षीय युवा फरवार्ड अल्भारेजलाई १८.५ मिलियन युरोमा सम्झौता गरिएको बुझिएको छ ।

२१ वर्षीय फरवार्डले म्यानचेस्टर सिटीमा ५ वर्ष ६ महिनाको सम्झौता गरेका छन् । यो सिजनको बाँकी समय लोनमा रिभर प्लेटमा रहँदै उनी जुलाईमा म्यानचेस्टर सिटीमा आबद्ध हुनेछन् ।

अल्भारेजले अर्जेन्टिना प्रिमेरा लिगसँगै सबै प्रतियोगितामा रिभर प्लेटका लागि ४५ खेल खेल्दा २२ गोल र १५ असिस्ट प्रदान गरेका छन् । उनी २०२१ देखि नै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा रहेका छन् । उनले ५ क्याप जित्दा गोल भने गर्न सकेका छैनन् ।

रिभर प्लेटका अध्यक्ष जर्ज ब्रिटोले प्रिमियर लिगको च्याम्पियन क्लबले अल्भारेज अनुबन्धनको लागि रिलिज क्लज तिरेको बताए । अध्यक्ष ब्रिटोले अल्भारेजलाई छाड्नका लागि क्लब तयार रहेको बताएका छन् । ‘जुलियनले जे गरेका छन्, उसलाई हेर्दा लाग्छ, यो सधै सम्भावना थियो कि उसको रिलिज क्लज चुक्ता हुनेछ,’ उनले थपे, ‘एउटा कठिन काम लोनमा सहमत हुन थियो । किनकी जुलियन अहिलेको टिममा अपरिहार्य छन् ।’

उनलाई दक्षिण अमेरिकी फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । गतवर्ष नै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यु गरेका अल्भारेजले अर्जेन्टिनाबाट गत जुलाईका कोपा अमेरिकाको उपाधि उचालेका थिए । सिटीका फुटबल निर्देशक छिकी बेगिरिस्टेनले अल्भारेजको क्षमता पुरा गर्न र शीर्ष खेलाडी बन्नका लागि सही अवसर प्रदान गर्ने बताएका छन् ।

यसै महिना सिटीले फेरान टोरेसलाई क्याटलान क्लब बार्सिलोना पठाएपनि उनको स्थानमा तत्कालै कोही खेलाडी पनि अनुबन्ध नगर्ने स्पष्ट पारेको छ । ‘होइन, हामी जनवरीमा कुनै पनि फरवार्ड ल्याउने छैनौं,’ प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘किनकि कोल पाल्मर जस्ता खेलाडीलाई सिनियर टोलीमा बढुवा गरिएको छ । पाल्मर सिनियर टोलीमा आफ्नो प्रभाव जमाउन तयार छन् । उनीमा त्यो सम्भावना रहेको छ ।’

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

May 21, 2024

टोनी क्रुसद्वारा सन्न्यासको घोषणा

एजेन्सी – रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल […]

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

Success

Thank you for your time.