default_image

2 months ago

May 21, 2024

टोनी क्रुसद्वारा सन्न्यासको घोषणा

1480 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् ।

आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल र च्याम्पियन्स लिग फाइनल खेलमा बाँकी रहेको छ ।

“१० वर्ष पछि यस सिजनको अन्त्यमा रियल म्याड्रिड अध्याय समाप्त हुन्छ”,क्रुसले लेखेका छन् । “मलाई खुल्ला हृदयले स्वागत गर्ने र मलाई विश्वास गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु । मेरो सक्रिय फुटबलरको रूपमा मेरो करियर यो समर युरो च्याम्पियनसिप पछि समाप्त हुनेछ ।”

“अब देखि मेरो मस्तिष्कमा एक मात्र विचार छ: १५औं च्याम्पियन्स लिग उपाधि”, उनले थपे ।

२००७ मा बायर्न म्युनिखबाट सिनियर करियर सुरुवात गरेका उनले बायर्नका लागि ३ बुन्डेसलिगा, ४ जर्मन कप, १ जर्मन सुपर कप, १ च्याम्पियन्स लिग, १ युरोपेली सुपर कप र १ क्लब विश्वकप उपाधि जितेका थिए ।

त्यसपश्चात २०१४ मा जर्मनीबाट विश्वकप जितेका उनी सोही वर्ष रियल म्याड्रिड पुगेका थिए । रियलका लागि उनले ४ लिग उपाधि, १ स्पेनिश कप, ४ स्पेनिश सुपर कप, ४ युरोपेली च्याम्पियन्स लिग, ३ युरोपेली सुपर कप र ५ क्लब विश्वकप उपाधि जितेका छन् ।

२०२० को युरो कप पश्चात अन्तराष्टिय करियरबाट सन्न्यासको घोषणा गरेका क्रुसले यस वर्षको फेब्रुअरीमा पुनः जर्मनीका लागि खेल्ने बताउँदै मार्चमा फ्रान्स विरुद्ध अन्तराष्ट्रिय फुटबलमा फर्किएका थिए ।

क्रुस फुटबल इतिहासको सर्वोत्कृष्ट मध्यको एक मिडफिल्डरको रूपमा चिनिने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.