default_image

2 years ago

January 26, 2022

एपिएफ डेढ दशकपछि आहा! राराको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले डेढ दशकपछि आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको २० औं संस्करणको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै एपिएफले इतिहासमा दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि एपिएफले २०६४ सालमा भएको छैटौं संस्करणको फाइनलमा स्थान बनाएको थियो । […]

129 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले डेढ दशकपछि आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा बुधबार भएको २० औं संस्करणको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै एपिएफले इतिहासमा दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि एपिएफले २०६४ सालमा भएको छैटौं संस्करणको फाइनलमा स्थान बनाएको थियो । उक्त फाइनलमा एपिएफ अतिरिक्त समयमा २-० ले पराजित भएको थियो ।

एपिएफले उपाधिको बलियो दाबेदार मानिएको मछिन्द्र फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । एपिएफले विहीबार भएको प्रि क्वाटरफाइनलमा आयोजक सहारा क्लब पोखरालाई २-० ले पराजित गरेको थियो । त्यसपछि शनिबार क्वाटरफाइनलमा अमेरिकी टोली भुटानिज युथ स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

अब शनिबार हुने फाइनलमा एपिएफले मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल विहीबार हुनेछ । फाइनलमा एपिएफका लागि डिफेन्डरद्वय अडामा डुम्बिया र सविन थापा तथा मिडफिल्डरद्वय प्रदीप लामा र आवास लामिछाने भने उपस्थित रहने छैनन् । चारै खेलाडीले मछिन्द्रविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड पाएका कारण फाइनल गुमाउने भएका हुन् ।

ए डिभिजन लिगमा कमजोर सुरुवात गरेको एपिएफले विदेशी खेलाडी अनुबन्धनसँगै प्रदर्शन र नतिजामा सुधार ल्याएको मान्न सकिन्छ । लिगको सुरुवाती तीन खेलमा ब्रिगेड ब्वाइज, च्यासल र सातदोबाटोसँग पराजित भएको एपिएफले चौथो खेलमा थ्री स्टारलाई बराबरीमा रोक्दै पहिलो अंक जोडेको थियो ।

पाँचौ खेलमा जापानी गोलरक्षक युया कुरीयामालाई पहिलो विदेशी खेलाडीको रुपमा उतारेकै खेलमा एपिएफले फ्रेन्डस क्लबलाई ३-१ ले पराजित गरेको थियो । त्यसपछिका खेलमा अफ्रिकी राष्ट्र मालीका डिफेन्डर डुम्बिया समेत टोलीमा समावेश भएपछि एपिएफले एनआरटी, आर्मी र जावलाखेलसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

आहा! रारा गोल्डकप खेल्नुअघि लिगको नवौं खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको थियो । एपिएफले पछिल्लो खेलमा अफ्रिकी राष्ट्र चाडका फरवार्ड अर्मान्ड बेडुमलाई पनि अनुबन्ध गरेको छ ।

ए डिभिजन लिगमा हाल एपिएफ ९ खेलमा १० अंक जोड्दै नवौं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट ५ अंक माथि रहेको एपिएफ लिगको पछिल्लो ६ खेलमा अपराजित छ । अब एपिएफले लिगमा क्रमश: संकटा, मनाङ मर्स्याङ्दी, पुलिस र मछिन्द्र फुटबल क्लबसँग खेल्न बाँकी रहेको छ ।

यो पनि : मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

एपिएफको लिग र गोल्डकपमा प्रदर्शनसँगै हरेक खेलाडीको तथ्यांकका लागि यहाँ थिच्नुहोस

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.