default_image

2 years ago

January 26, 2022

मौरिससविरुद्ध खेल्न कप्तान किरण स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुधबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरणलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले स्वागत गरेका थिए । उपाध्यायका अनुसार आज आफ्नै घरमा बसेका किरणको बिहीबार पिसिआर परिक्षण गराइने र त्यसको नतिजाका आधारमा राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गराइनेछ । माल्दिभ्समा […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुधबार स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरणलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले स्वागत गरेका थिए । उपाध्यायका अनुसार आज आफ्नै घरमा बसेका किरणको बिहीबार पिसिआर परिक्षण गराइने र त्यसको नतिजाका आधारमा राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गराइनेछ ।

माल्दिभ्समा व्यवासायिक फुटबल खेलिरहेका किरण शनिबार र मंगलबार मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल्नका लागि स्वदेश आएका हुन् ।
मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई अलग अलग टोलीको घोषणा बुधबार नै गरेका थिए ।

किरणसहित १२ खेलाडी दुवै टोलीमा छन् । किरणको कप्तानीमा नेपालले असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो ।

दुवै टोलीमा हुने खेलाडी

गोलरक्षक – किरण चेम्जोङ

डिफेन्डर – गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल

मिडफिल्डर – सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ

फरवार्ड – अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर

पहिलो खेलको लागि घोषित टोली

गोलरक्षक – किरण चेम्जोङ, दीप कार्की, टिकेन्द्र थापा

डिफेन्डर – गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल

मिडफिल्डर – सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा

फरवार्ड – अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुनिल बल, जगजित श्रेष्ठ, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ

दोस्रो खेलको लागि घोषित टोली

गोलरक्षक – किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डर – गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नविन गुरुङ, अनन्त तामाङ

मिडफिल्डर – सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी

फरवार्ड – अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, प्रशान्त अवस्थी

पहिलो खेलमा मात्र परेका खेलाडी – दीप कार्की, टिकेन्द्र थापा, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा, सुनिल बल, जगजित श्रेष्ठ, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ

दोस्रो खेलमा मात्र परेका खेलाडी – विशाल श्रेष्ठ, सत्रुघन चौधरी, नविन गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी, सुशील राई, प्रशान्त अवस्थी

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.