default_image

2 years ago

January 30, 2022

लिभरपुलले कोलम्वियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले कोलम्वियन स्टार मिडफिल्डर भित्र्याएको छ । लिभरपुलले कोलम्वियन मिडफिल्डर लुइस डियाजलाई पोर्चुगिज क्लब पोर्टाेबाट क्लबमा अनुबन्ध गरेको हो । लिभरपुलले २५ वर्षीय डियाजलाई ६० मिलियन युरो (१५ मिलियन बोनस) मा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । अब उनी २०२७ को समरसम्म लिभरपुलमा रहनेछ । उनी अहिले अन्तर्राष्ट्रिय […]

120 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले कोलम्वियन स्टार मिडफिल्डर भित्र्याएको छ । लिभरपुलले कोलम्वियन मिडफिल्डर लुइस डियाजलाई पोर्चुगिज क्लब पोर्टाेबाट क्लबमा अनुबन्ध गरेको हो ।

लिभरपुलले २५ वर्षीय डियाजलाई ६० मिलियन युरो (१५ मिलियन बोनस) मा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । अब उनी २०२७ को समरसम्म लिभरपुलमा रहनेछ । उनी अहिले अन्तर्राष्ट्रिय ड्युटीमा रहेका छन् । अन्तर्राष्ट्रिय ब्रेकपछि उनी लिभरपुलमा आउनेछन् । उनले लिभरपुलमा २३ नम्वरको जर्सी लगाउनेछन् ।

लुइस डियाज पोर्टाेमै सन्तुष्ट रहेपनि उनले थप सफलताको लागि अन्य क्लबमा जाने मनासय बनाएका थिए । डियाजलाई अनुबन्ध गर्न अर्काे इंग्लिस क्लब टोटेनहमले चासो देखाएपनि उनीहरुले त्यसपछि थप प्रयास गरेनन् ।

उनी २०१९ मा कोलम्वियन क्लब जुनियरबाट पोर्टाे आएका थिए । उनले पोर्टोमा सन् २०१९–२० को सिजनदेखि १२५ खेल खेल्दा ४१ गेल गरेका छन् । उनले कोलम्वियाबाट ३२ खेलमा ७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पोर्टाेबाट पोर्चुगिज लिग, टाका डि पोर्चुगल र सुपरटाका डि पोर्चुगलको उपाधि जितेका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.