default_image

2 years ago

January 31, 2022

बलात्कार आरोपमा युनाइटेडका फरवार्ड पक्राउ

एजेन्सी – प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका छन् । प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा २० वर्षीय युवा फरवार्ड ग्रिनउडलाई पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्यान्ड प्रहरीले जनाएको छ । ग्रिनउडले आफूमाथि आक्रमण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल इस्टाग्राममा उनले आफू […]

207 views

0 Bookmark

एजेन्सी – प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका छन् ।

प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा २० वर्षीय युवा फरवार्ड ग्रिनउडलाई पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्यान्ड प्रहरीले जनाएको छ । ग्रिनउडले आफूमाथि आक्रमण गरेको आरोप लगाएकी थिइन् ।

सामाजिक सञ्जाल इस्टाग्राममा उनले आफू आघात भएका तस्बिरहरू र भिडियो सार्वजनिक गरेकी थिइन्, जसमध्ये एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ । भिडियोको क्याप्सनमा ‘ग्रिनउडले ममाथि के गरेको हो भन्ने जान्न चाहनेहरूका लागि..’ भनेर लेखेकी थिइन् ।

शरीरका विभिन्न भागमा देखिएका निल डामसहितको तस्बिर रोब्सनले सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विवादमा मुछिएपछि युनाइटेडले उनलाई अनुसन्धान नसकिएसम्मका लागि प्रशिक्षणसँगै खेलमा निलम्बन गरिएको जनाएको छ ।

म्यानचेस्टर युनाइटेडकै उत्पादन ग्रीनवुडले २०१८–१९ को सिजनमा सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले युनाइटेडका लागि १२९ खेलमा ३५ गोल गरेका छन् । उनले इंग्ल्यान्डबाट १ क्याप जितेका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.