default_image

4 years ago

February 3, 2022

रियल म्याड्रिड र बिल्वाओ भिड्दै

276 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा ला लिगाका दुई टोली रियल म्याड्रिड र एथलेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिल्वाओको मैदानमा नेपाली समयअनुसार शुक्रबार बिहान २:१५ बजे हुनेछ ।

यो सिजन रियल र बिल्वाओबीच डिसेम्बरयता चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको सबै तीन भेटमा रियल विजयी भएको छ । स्पेनिस ला लिगामा रियलले १–० र २–१ को जित निकाल्दा स्पेनिस सुपर कपको फाइनलमा २–० को जित निकालेको थियो ।

रियल पछिल्लो चार खेलमा बिल्वाओसँग अपराजित छ । सबै चारै खेलमा विजयी भएको छ । रियल सोही जितलाई निरन्तरता दिँदै घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । मुख्य फरवार्ड करिम बेन्जेमाले चोटका कारण तथा अर्का युवा फरवार्ड भिनिसियस जुनियरले थकानका कारण खेल्ने सम्भावना न्यून छ । मार्सेलो प्रतिबन्धका कारण टोलीमा हुनेछैनन् ।

यस्तो अवस्थामा इडेन हाजार्ड, लुका जोभिक र मार्काे एसेन्सियोले रियलको अग्रपङ्ति सम्हाल्ने सम्भावना छ । टोनी क्रुस, लुका मोड्रिच, इडुआर्डाे कामाभिंगा, डेभिड अलाबा, ड्यानी कार्भाजल, नाचो फर्नान्डेस, लुकास भास्क्वेज, फेडे भाल्भेर्डे, इडर मिलिसाओ र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

थकानका कारण क्यासमिरोले पनि पहिलो रोजाईमा खेल्ने सम्भावना कम छ । भिनिसियस, क्यासमिरो, फेडे भाल्भेर्डे र रोड्रिगो अन्तर्राष्ट्रिय ड्युटीका कारण ढिला गरी टोलीको प्रशिक्षणमा जोडिएका छन् ।

यता, बिल्वाओ पनि रियलसँगको लगातारको हारको श्रृंखलालाई तोड्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । गत वर्ष १५ जनवरी २०२१ म २–१ ले पराजित गरेयता चार खेलमा रियललाई हराउन सकेको छैन । टोलीसँग राउल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, निको विलियम्स, इनिगो मार्टिनेज, यरे अल्भारेज र युनाई सिमोन टोलीमा रहेका छन् ।

अर्काे सेमिफाइनलमा रियल सोसिडाड र रियल बेटिसबीच प्रतिस्पर्धा हुँदैछ । खेल राति १२:४५ बजे हुनेछ । यसअघि रियल भालेकानोले रियल मलोर्कालाई १–० ले तथा भ्यालेन्सियाले क्याडिजलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.