default_image

2 years ago

February 4, 2022

रियल म्याड्रिडलाई स्तब्ध पार्दै बिल्वाओ सेमिफाइनलमा

97 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई स्तब्ध पार्दै एथलेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान सान मामेसमा बिल्वाओको जितमा अन्तिम समयमा एलेक्स बेरेनगुएरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा मिकेल भेस्गाको पासमा गरेको गोल नै रियललाई स्तब्ध पार्न पर्याप्त बन्यो । खेलभर रियलले बल पोसेसन राखेपनि बिल्वाओले नै बढी आक्रमण बुनेको थियो ।

नवौं मिनेटमा ड्यानी गार्सियाको प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा एलेक्सले गोल गर्दै बिल्वाओलाई सुरुवाती अग्रता दिलाए । रियलको खराव डिफेन्सको फाइदा उठाउँदै मिकेल भेस्गाले दिएको पासमा सब्सिच्युट मिडफिल्डर एलेक्सले फार पोस्टमा सुन्दर गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इस्कोले सुवर्ण अवसर खेर फाल्दा रियल बराबरीबाट चुक्दा कोपा डेल रेबाटै बाहिरिन बाध्य बन्यो । यो सिजन लयमा रहेका करिम बेन्जेमाको अनुपस्थितिले पनि रियलको आक्रमण कमजोर देखिएको थियो ।

यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृंखलालाई तोडेको छ । बिल्वाओले रियललाई पछिल्लोपटक १५ जनवरी २०२१ को सुपरकपमा २–१ ले हराएको थियो । त्यसयताको चार खेलमा बिल्वाओले लगातार हार बेहोरेको थियो ।

कोपा डेल रेकै अर्काे क्वाटरफाइनलमा रियल बेटिसले रियल सोसिडाडलाई ४–० को भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रियल बेटिसको जितमा जुआनमीले दुई तथा विलियम जोश र एइटर रुइवलले समान एक गोल गरे ।

यो सँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि रायो भालेकानो र भ्यालेन्सियाले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । सेमिफाइनलको ड्र हुन बाँकी रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.