default_image

2 years ago

February 4, 2022

गोलरक्षक नायक बन्दा इजिप्ट फाइनलमा

48 views

0 Bookmark

एजेन्सी – गोलरक्षक मोहम्मेद एब्डोउगवल नायक बन्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इजिप्टका जिजो, मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासहिनले गोल गरेका क्यामरुनका भिन्सेन्ट एवोउवकारले मात्रै गोल गर्न सके ।

गोलरक्षक मोहम्मेद एब्डोउगवलले क्यामरुनका दोस्रो र तेस्रो पेनाल्टी बचाउँदा चौथो पेनाल्टी बाहिरिएपछि इजिप्टको जित सम्भव भएको थियो । गोलरक्षक मोहम्मेद एब्डोउगवलले हारोल्ड डेस्टी मोउकोउडी र जेम्स लि सिलिकीको पेनाल्टी बचाएका थिए । क्लिन्टन एन’जीले गोल गर्न सकेनन् ।

त्यसअघि ओम्निस्पोर्ट्स पउल विया याओन्डेमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित र अतिरिक्त समयमा गोल गर्न सकेनन् ।

अब अफ्रिका कप अप नेसन्सको सर्वाधिक सफल इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्नेछ । फाइनल ६ फेब्रुअरीको राति हुनेछ । सेनेगलले यसअघि बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । अर्थात फाइनल इंग्लिस क्लब लिभरपुलका फरवार्डद्वय साडियो मानेविरुद्ध मोहम्मद सलाहबीच हुनेछ ।

सोही दिन तेस्रो स्थानको लागि बुर्किना फासो र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । ९ जनवरीदेखि शुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो ।

इजिप्टले ९ पटक फाइनल खेल्दा सातौंपटक च्याम्पियन बनेको छ । इजिप्ट पछिल्लोपटक २०१७ मा फाइनलमा पुगेपनि क्यामरुनसँगै पराजित हुँदै उपाधि विमुख बनेको थियो । इजिप्ट पछिल्लोपटक सन् २०१० मा घानालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यसअघि इजिप्ट १९५७, १९५९, १९८६, १९९८, २००६ र २००८ मा च्याम्पियन बनेको थियो ।

इजिप्टले २००६ देखि २०१० सम्म ह्याट्रिक उपाधि जितेको थियो । यता, सेनेगल भने दुई पटक फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । सेनेगल २००२ र २०१९ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.