default_image

2 years ago

February 4, 2022

नयाँ खेलाडी धेरै हुँदा आल्भेस बार्सिलोनाको टोलीमा परेनन्

87 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगमा कमजोर प्रदर्शन गरेपछि क्याटलान क्लब बार्सिलोनाले यस सिजन युरोपा लिगमा प्रतिस्पर्धा गर्दैछ । तर क्लबले जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गरेको खेलाडी संख्या धेरै भएपछि ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेस भने युरोपा लिगको टोलीमा नरहने भएका छन् ।

बार्सिलोनाले युरोपा लिगको राउन्ड अफ १६ को खेलमा इटालियन क्लब नेपोलीको सामना गर्दैछ । उक्त खेलसँगै प्रतियोगितामा अघि बढेको खण्डमा सिजनको बाँकी खेलका लागि बार्सिलोनाले टोलीको खेलाडी सूची बुझाउनु पर्नेछ । उक्त सूचीमा क्लबले जनवरी विन्डोमा अनुबन्धित डिफेन्डर आल्भेसलाई भने समावेश नगर्ने भएको छ ।

यूईएफएको नियम अनुसार कुनैपनि क्लबले नकआउट चरणका लागि पुरानो सूचीबाट बढीमा तीन खेलाडी मात्र थप्न पाउने प्रावधान रहेको छ । बार्सिलोनाले जनवरी विन्डोमा ४ नयाँ खेलाडी अनुबन्ध गरेको थियो । ट्रान्सफर विन्डोको अन्तिम समयमा आर्सनलबाट पिएर एमेरिक औबामेयाङलाई भित्र्याएको क्लबले त्यसअघि आल्भेससँगै फेरान टोरेस र एडामा ट्राओरेलाई पनि अनुबन्धन गरेको थियो ।

बार्सिलोनाका प्रशिक्षक जाभीले आक्रमणलाई बलियो बनाउने लक्ष्यसहित तीनै फरवार्डलाई टोलीमा समेटेका हुन् । क्लबको आक्रमणले यस सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेका कारण पनि जाभीले युरोपा लिगमा तीनै फरवार्डलाई समेट्ने निर्णय गरेका हुन् ।

प्रशिक्षक जाभीले यस निर्णयबारे आल्भेसलाई जानकारी दिइसकेका छन् । व्यक्तिगत छलफलमा आल्भेसलाई जानकारी दिँदा खेलाडीले पनि क्लबको स्थितिबारे बुझेर निर्णय सिकारेको बुझिएको छ । राइट ब्याक पोजिसनमा सर्जिनो डेस्ट र ओस्कार मिन्गुएजा टोलीमा खेलिरहेका छन् । यसबाहेक रोनाल्ड अराउजो र ट्राओरे पनि आवश्यक परेको समयमा उक्त पोजिसनमा खेल्न सक्छन् ।

बार्सिलोनाको आक्रमणमा यसैपनि समस्या रहेको अवस्थामा अन्सु फातीको अनुपस्थितिले क्लबलाई थप समस्या दिएको छ । त्यस्तै ओस्मान डेम्बेलेको अवस्था अझै प्रष्ट नहुँदा क्लबले बी टोलीका फरवार्ड फेरान जुत्गला र एज अब्देलाई पनि टोलीमा समेट्न पाएको छैन । गत सिजन अनुबन्धित भएका यी दुई खेलाडी क्लबको बी सूचीबाट विकल्पको रुपमा समावेश हुन तीन सिजन बिताएको हुनुपर्ने प्रावधान छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.