default_image

2 years ago

February 4, 2022

फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए । सरकारले पहिलो पटक […]

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए । सरकारले पहिलो पटक साफ च्याम्पियनसिपमो फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।

नेपाली खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबल प्रति मोह निकै रहेकोले अलमुताइरीले रंगशाला निर्माण गर्न सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने प्रधानमन्त्रीलाई जानकारी गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधै तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाएको उपाध्यायले बताए । उपाध्यायले नेपाली टोली एसियन कप छनोटको तयारीमा रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा यसपटक पहिलो पटक फाइनल पुगेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.