default_image

2 years ago

February 5, 2022

‘हालान्ड रियल होइन बार्सिलोना आउनुपर्छ’ – पिके

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई क्याटलान क्लबमा आबद्ध हुन सुझाव दिएका छन् । प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको नजरमा रहेका बोरुसिया डर्टमुन्डका हालान्डलाई बार्सिलोनाका पिकेले हालान्डलाई बालोन डी‘ओर जित्ने चाहना भए रियलको प्रस्ताव अस्वीकार गरेर क्याप नोउ आउन सुझाव दिएका हुन् । पछिल्लो समय रियल युवा […]

105 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई क्याटलान क्लबमा आबद्ध हुन सुझाव दिएका छन् ।

प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको नजरमा रहेका बोरुसिया डर्टमुन्डका हालान्डलाई बार्सिलोनाका पिकेले हालान्डलाई बालोन डी‘ओर जित्ने चाहना भए रियलको प्रस्ताव अस्वीकार गरेर क्याप नोउ आउन सुझाव दिएका हुन् । पछिल्लो समय रियल युवा स्टारद्धय हालान्ड र फ्रान्सेली स्टार किलियन एमबाप्पे भित्र्याउने योजनामा छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आगामी सिजन एमबाप्पे अनुबन्ध गर्ने योजनामा रहेको रियलले जर्मन लिग खेलिरहेका हालान्डमाथि पनि नजर लगाइरहेको छ ।

‘यदि, म हालान्ड हुन्थेँ भने म बालोन डी‘ओर जित्न हरसम्भव कोसिस गर्थेँ,’ उनले भने, ‘यसैले पनि मैले एमबाप्पे हुने क्लबलाई प्राथमिकता दिने थिइनँ ।’ हालान्डले रियललाई नभएर बार्सिलोनालाई प्राथमिकतामा राख्नु पर्ने पिकेको सुझाव छ । एमबाप्पे भएकै क्लबबाट हालान्डलाई बालोन डी‘ओर जित्न कठिन हुने बताउँदै पिकेले बार्सिलोना नै प्राथमिकतामा राख्न सुझाए ।

सन् २०१९–२० को सिजनमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमुन्ड आएका २१ वर्षीय हालान्डले अहिलेसम्म ७९ खेलमा ८० गोल गरेका छन् । नर्वेका लागि १५ खेलमा १२ अन्तर्राष्ट्रिय गोल गर्दै गोल मेसिनको रुपमा उभिएका छन् ।

बार्सिलोना फिनिसर फरवार्डको खोजीमा रहेको छ । तर, बार्सिलोनाले यसै विन्टरमा फेरान टोरेस, एडमा ट्राओरे र पिएरे एमेरिक औवामियाङ जस्ता फरवार्डलाई अनुबन्ध गरिसकेको छ । सोही कारण बार्सिलोनाको अनुबन्ध हुने सम्भावना न्यून रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.