default_image

2 years ago

February 5, 2022

किरणको टोलीमा रियल म्याड्रिडविरुद्ध गोल गरेका डोमीन्ग्वेज अनुबन्धित

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ आवद्ध माल्दिभ्सको क्लब माजियाले स्पेनिस फरवार्ड ताना डोमीन्ग्वेजलाई अनुबन्धन गरेको छ ।

माजियाले शनिबार सामाजिक संजालमार्फत स्पेनिस ला लिगामा लास पाल्मासका लागि ८ वर्ष खेलेका ३१ वर्षीय फरवार्ड अनुबन्ध गरेको जानकारी दिएको छ । ताना डोमीन्ग्वेजले लास पाल्मासको सिनियर टोलीका लागि झन्डै १ सय ५० खेल खेलेका थिए । उनले यसक्रममा १६ गोल गरे ।

तानाले सन् २०१६/१७ सिजनमा लास पाल्मासका लागि रियल म्याड्रिडविरुद्ध गोल समेत गरेका थिए । उनकै गोलमा टोलीले १-१ को बराबरी गरेको थियो । तानाले उत्कृष्ट प्रदर्शन गरेको उक्त खेलमा लास पाल्मासले ३-१ को अग्रता लिएरपनि अन्तिम समयमा ३-३ को बराबरी खेलेको थियो । क्रिस्टियानो रोनाल्डोले ८६ औं मिनेटमा पेनाल्टी र ८९ औं मिनेटमा गोल गरेपछि खेल ३-३ को बराबरी भएको थियो ।

सन् २०१२ देखि २०२० सम्म लास पाल्मासमा रहेका तानाले सन् २०१९ मा लोनमा चीनको झेजियाङ ग्रिनटाउनबाट खेलेका थिए । सन् २०२१ मा अल्बासेटेमा अनुबन्धित उनी त्यसयता भने फ्री एजेन्ट रहेका थिए । उनले यस सिजनका लागि माजियामा अनुबन्धन गरिएको अनुमान छ ।

किरणको टोली माजियाले यस सिजनको एएफसी कपको समूह चरणमा स्थान पक्का गरिसकेको छ । नेपालको मछिन्द्र भने प्लेअफको तीन प्रतिद्वन्द्वीलाई हराएपछि मात्र समूह चरणमा पुग्नेछ ।

क्लबले यसै साता प्रशिक्षकको भूमिकामा मिओद्राग जेसिचलाई अनुबन्ध गरेको थियो । गत साता प्रेसिडेन्ट कपको फाइनलमा क्लब भ्यालेन्सियासँग पराजित भएपछि क्लबले प्रशिक्षक मोहमद सियाजलाई पदमुक्त गरेको थियो । क्लबले फिटनेस प्रशिक्षक गोरान गुजिजनलाई पनि अनुबन्ध गरेको छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.