default_image

2 years ago

February 5, 2022

सिमिओनीको सामना गर्ने जाभी बार्सिलोनाको आठौं प्रशिक्षक

114 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी डिएगो सिमिओनी डिसेम्वर २०११ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको मुख्य प्रशिक्षक बने । त्यसयता उनी निरन्तर एट्लेटिकोकै मुख्य प्रशिक्षक रहेका छन् ।

क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिड क्लबको खराब प्रदर्शनसँगै प्रशिक्षकलाई बर्खास्त गर्न ढिला सुस्ती गर्दैनन् । यो १० वर्षको अवधिमा मात्र बार्सिलोनाले आठ प्रशिक्षक परिवर्तन गरिसकेको छ । रियलले पनि सोही औसतमा प्रशिक्षक फेर्दै आएको छ । तर, एटलेटिकोमा सिमिओनी निरन्तर छन् ।

बार्सिलोनाले पेप ग्वार्डिओलाको नेतृत्वमा फुटबल इतिहासमा सबैभन्दा अभुतपूर्व सफलताहरु हात पार्न सफल भएको थियो । त्यसपछि लुइस इनरिकेको प्रशिक्षणमा पनि बार्सिलोनाले राम्रै नतिजा आत्मसात गरेको थियो । त्यसयता भने क्लब दीर्घकालीन प्रशिक्षक भेट्न असफल रहेको छ ।

आइतबार ला लिगाको खेलमा बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दैछ । जहाँ जाभी क्याम्प नोउमा एट्लेटिकोलाई हराउने लक्ष्यमा हुनेछन् । जाभी सिमिओनीको सामना गर्ने बार्सिलोनाको आठौं प्रशिक्षक बन्नेछन् ।

यो एक दशकमा बार्सिलोनाको उथलपुथलबारे सिमिओनीलाई राम्रो जानकारी रहेको छ । एट्लेटिको र बार्सिलोनाबीचको भिडन्त दुवै टोलीका लागि सिजनको बाँकी समयको लागि अझ सुधार गर्नुपर्ने पक्ष बुझ्ने एउटा महत्त्वपूर्ण खेल हो । ला लिगाको खलहरु अझै बाँकी रहेपनि यो खेलले शीर्ष चारको पनि छिनोफानो गर्न सक्नेछ ।

जाभीले लियोनेल मेस्सीको प्रस्थानसँगै उतारचढावले भरिपूर्ण टोलीलाई सम्हालेका छन् । बार्सिलोनाका पुर्व खेलाडीले क्याम्प नोउमा आवश्यक स्थिरता ल्याउने प्रयासमा एट्लेटिकोमा सिमिओनीले के गरेका छन् भनेर पक्कै पनि हेर्नेछन् ।

को हुन् बार्सिलोनाका आठौं प्रशिक्षक?

पेप ग्वार्डिओलाले सन् २०१२ मा क्लब छोडेपछि स्वर्गीय टिटो भिलानोभा सन् २०१२–१३ को लागि बार्सिलोनाको प्रशिक्षक बने । भिलानोभापछि टाटा मार्टिनो एक वर्ष बार्सिलोनाको प्रशिक्षक बने । त्यसपछि लुइस एनरिकले २०१४ देखि २०१७ सम्म बार्सिलोनाको प्रशिक्षण भार सम्हाले । उनले बार्सिलोनामा सुनौलो पल बिताए ।

त्यसपछि एर्नेस्टो भाल्भेर्डेले तीन वर्ष बार्सिलोनाको प्रशिक्षण सम्हालेपनि आशातित प्रदर्शन दोहोर्याउन सकेनन् । छोटो समयका लागि क्विके सेटिन आए । त्यसपछि रोनाल्ड कोम्यान बार्सिलोनाको मुख्य प्रशिक्षक बने ।

कोम्यानको बर्खास्तीपछि सेर्गी बर्जुआन बार्सिलोनाको अन्तरिम प्रशिक्षक बनेपनि बार्सिलोनाले लगत्तै आफ्ना पुर्व मिडफिल्डर जाभीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरे । पछिल्लो १० वर्षमा बार्सिलोनाको जिम्मेवारी लिने उनी आठौं प्रशिक्षक हुन् ।

सिमिओनीविरुद्ध सबैभन्दा धेरै सफलता हात पार्नेमा लुइस एनरिके रहेका छन् । हाल स्पेनिस टोलीका प्रशिक्षक रहेका एनरिकेले आफ्नो तीन वर्षको अवधिमा एट्लेटिकोविरुद्ध खेल्दा ९ जित, २ बराबरी र १ खेलमा मात्रै हार बेहोरे । त्यो हार मध्ये एक सन् २०१५–१६ को च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रहेको थियो । जतिबेला एट्लेटिकोले बार्सिलोनालाई दोस्रो लेगमा हराएको थियो ।

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

Success

Thank you for your time.